जेठ ४, २०८१ शुक्रबार May 17, 2024

स्पेनिस ला लिगा फुटबल : रियल मड्रिड रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ ।

खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल तीन अंकबाट टाढा रहेको हो । यस्तै, शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

रियलका भिनिसियस जुनियरले गोल गरे ।  ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काए । खेलको ४२औं मिनेटमा भिनिसियसले गोल गरे । ५०औं मिनेटमा किकेले बराबरी गोल गरे ।

बराबरीसँगै रियल १९ अंक सहित दोस्रो स्थानमा छ । समान अंक भएपनि बार्सिलोना शीर्ष स्थानमा छ । ओसासुना छैटौं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया