जेठ ४, २०८१ शुक्रबार May 17, 2024

भलिबल सङ्घलाई खेलकुद सामग्री सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः घुम्टे युवा परिवार, मल्म र जापान शाखाले संयुक्त रुपमा नेपाल भलिबल सङ्घ गलकोटलाई खेलकुद सामग्री प्रदान गरेका छन् । सङ्घको गलकोट नगर समितिअन्तर्गत ११ वटै वडाका समितिलाई दुई थान भलिबल, एक थान जाली र एउटा हावा भर्ने उपकरण प्रदान गरिएको हो ।

घुयुपका अध्यक्ष थम्मन थापा, जापान शाखाका सचिव तुलवीर थापालगायतको उपस्थितिमा शनिबार ती सामग्री भलिबल सङ्घका जिल्ला अध्यक्ष योगेश भण्डारी र सङ्घका नगर अध्यक्ष हुम थापालाई हस्तान्तरण गरिएको थियो । खेलकुद सामग्री रु। एक लाख ५० हजार बराबरका रहेको जनाइएको छ ।

राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै ग्रामीण भेगका खेलाडीलाई प्रोत्साहन मिलोस् भनेर खेलकुद सामग्री सहयोग गरिएको घुयुप जापान शाखाका अध्यक्ष दिनेश थापाले बताउनुभयो । उहाँले जापानमासमेत भलिबलसहितका खेल गतिविधिमा शाखा क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

सङ्घका जिल्ला अध्यक्ष भण्डारीले सुविधा र स्रोतसाधनको अभाव झेलिरहेका ग्रामिण तहका खेलाडीलाई लक्ष्य गरी घुयुपले खेलकुद सामग्री प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो । अध्यक्ष भण्डारीले खेलाडीको व्यावसायिक सुरक्षा र संरक्षणमा राज्यले यथोचित ध्यान पु¥याउन नसकेको गुनासो गर्नुभयो ।

सामाजिक संस्थाका रुपमा स्थापित घुयुपको केन्द्रीय कार्यालय गलकोट नगरपालिका–७ मल्ममा रहेपनि यसका शाखा अरु जिल्ला र विदेशमासमेत क्रियाशील छन् । खेलकुद प्रवद्र्धन र मानवीय सेवाका क्षेत्रमा केन्द्रित जापान शाखाले केही महिनाअघि जापानमै ‘सिल्भर रनिङ कप’ खुला पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया