जेठ ४, २०८१ शुक्रबार May 17, 2024

एएफसी यु-१७ एसियन कप छनोट : नेपाल थाइल्यान्डसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० ले पराजित भएको छ ।

भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे ।

३०औं मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लियो । ६५औं मिनेटमा तातावानको व्यक्तिगत दोस्रो गोल गर्दा २-० को अग्रता बनायो । ७८औं मिनेटमा थानाक्रितले थाइल्यान्डका लागि तेस्रो गोल गरे ।

समूह ‘एफ’मा रहेको नेपालले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया