श्रावण २८, २०८३ बिहिबार August 13, 2026

आईओएस १६ मा ब्याट्री पर्सेन्टेज देखिएन ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलले सन् २०१७ मा पहिलो पटक ठूलो स्क्रिनसहित नच भएको फोन आईफोन एक्स सार्वजनिक गरेको थियो । उक्त नचले गर्दा एप्पलले ब्याट्रीको पर्सेन्टेज हटाउनुपर्ने अवस्था आएको थियो । यसले गर्दा प्रयोगकर्ता स्टाटस बारमा आफ्नो ब्याट्री पर्सेन्टेज कति बाँकी छ भनेर हेर्न असमर्थ भए ।

प्रयोगकर्ताबाट थुप्रै गुनासा आएपछि एप्पलले आईओएस १६ मा यसलाई परिवर्तन गरेको छ । आईओएस १६ को अपडेटसँगै एप्पलले स्टाटस बारमा ब्याट्री पर्सेन्टेजलाई पुनः समावेश गरेको छ, जसले गर्दा प्रयोगकर्ताले ब्याट्रीको वास्तविक अवस्थाबारे जानकारी पाउन सक्छन् ।

आईओएस १६ मा यसरी सेट गर्नुहोस् ब्याट्री पर्सेन्टेज

आईओएस १६ मा डिफल्ट रूपमा स्टाटस बारमा ब्याट्री पर्सेन्टेज देखाइएको हुँदैन । स्टाटस बारमा ब्याट्री पर्सेन्ट देखाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।

  • त्यसपछि स्क्रोल गरेर तल गई ब्याट्रीको अप्सनमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि त्यहाँ रहेको ब्याट्री पर्सेन्टको अप्सन अन गर्नुहोस् ।

  • त्यसपछि तपाईँको आईफोनको स्टाटस बारमा ब्याट्रीको पर्सेन्ट देखाउँछ ।

कुन आईफोनले ब्याट्री पर्सेन्ट देखाउँछ ?

नच भएर फेस आईडी सपोर्ट गर्ने प्रायः सबै आईफोनमा ब्याट्री पर्सेन्ट राख्न सकिन्छ । तर, आईफोन एक्सआर, आईफोन ११, आईफोन १२ मिनि, आईफोन १३ मिनिमा भने यो सुविधा रहेको छैन । तल उल्लेख गरिएका आईफोनमा भने ब्याट्री पर्सेन्ट देखाउन सकिन्छ ।

  • आईफोन एक्स

  • आईफोन एक्सएस र आईफोन म्याक्स

  • आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स

  • आईफोन १२, आईफोन १२ प्रो, आईफोन १२ प्रो म्याक्स

  • आईफोन १२, आईफोन १३ प्रो, आईफोन १३ प्रो म्याक्स

  • आईफोन १४, आइफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्स

हाल स्क्रिनमा देखिने ब्याट्रीको आइकनभित्र ब्याट्री पर्सेन्ट देखाइएको हुन्छ । आईओएस १६ मा देखाएको ब्याट्री पर्सेन्ट त्यति आकर्षक देखिँदैन । यसलाई आईओएस १६.१ मा आकर्षक बनाइने अपेक्षा गरिएको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार