जेठ ४, २०८१ शुक्रबार May 17, 2024

नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै छ ।

प्रतियोगिताबाट बाहिर भइसकेको नेपाल सान्त्वना जितको खोजिमा हुने छ ।नेपाल र  चाइनिज ताइपेईविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरुहुने छ ।

समूह ‘एफ’ मा रहेको नेपाल र ताइपेइ दुवै अंकविहीन अवस्थामा रहेका छन् । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग र दोस्रो खेलमा भियतनामसँग पराजत भएको थियो ।

आजै भियतनाम र थाइल्याण्डपनि भिड्ने छन् । अहिले शीर्ष स्थानमा भियतनाम रहेको छ भने थाइल्याण्ड दोस्रो स्थानमा छ ।दुवै टिमको समान ६ अंक रहेको छ । यी खेलको विजेताले एयिसन कपमा स्थान बनाउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया