श्रावण २८, २०८३ बिहिबार August 13, 2026

सन् २०२२ को सबैभन्दा असुरक्षित ब्राउजर गूगल क्रोम !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राउजिङको लागि विश्वमा सबैभन्दा धैरै प्रयोग हुने ब्राउजर हो, क्रोम । सफारी, मोजिला फायरफक्स, ओपेरा, एज लगायतका अन्य धेरै वेब ब्राउजर बजारमा छन् र यी ब्राउजरको सेक्युरिटी लेभल पनि फरक फरक छ ।

तर विश्वमा धेरैले प्रयोग गर्ने गूगलको ब्राउजर क्रोम नै जोखिमपूर्ण देखिएको छ । एटलस भीपीएनको प्रतिवेदन अनुसार सुरक्षाको हिसाबले गूगल क्रोम अन्य ब्राउजरभन्दा कमजोर देखिएको छ ।

जनवरी १ देखि अक्टोबर ५ सम्म १० महिनाको डेटालाई अध्ययन गर्दा गूगल क्रोममा ३०३ भलनेरबिलिटी (कमजोरी) देखिएका छन् । त्यस्तै गूगल क्रोमले अहिलेसम्म ३ हजार १५९ कमजोरीको सामना गरेको छ ।

उक्त अध्ययन अनुसार सन् २०२२ को सबैभन्दा कमजोर दोस्रो ब्राउजरमा मोजिला फायरफक्स, तेस्रोमा माइक्रोसफ्ट एज रहेका छन् । उक्त अवधिमा मोजिलामा ११७ र एजमा १०३ कमजोरी देखिएका छन् । माइक्रोसफ्ट एजमा सार्वजनिक भएदेखि ८०६ कमजोरी देखिएका छन् ।

त्यस्तै सन् २०२२ मा एप्पलको सफारी ब्राउजरमा २६ मात्रै कमजोरी देखिएका छन् । तर सफारीले अहिलेसम्म १ हजार १३९ कमजोरी सामना गरिसकेको छ ।

सफारी विश्वको सबैभन्दा ठूलो धेरै प्रयोग गरिने ब्राउजर हो । केही समय अगाडि मात्रै सफारी १ अर्बभन्दा बढीले प्रयोग गर्न थालेका थिए । आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार