श्रावण २८, २०८३ बिहिबार August 13, 2026

अफ हुँदा पनि यसरी ट्र्याक हुन्छ तपाईँको आईफोन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डामस्टाडका अनुसन्धानकर्ताले आईफोन अफ हुँदा पनि ट्र्याक हुनसक्ने कुरा पत्ता लगाएका छन् । आईफोन अफ हुँदा पनि त्यसमा भएका वायरलेस चिपहरूले काम गर्ने साे खाेजले निष्कर्ष निकालेकाे छ ।

आईफोन अफ भएको २४ घण्टासम्म पनि उक्त फोनमा भएका विभिन्न फिचर सक्रिय हुने भएकाले ट्र्याक गर्न सम्भव हुने खोजकर्ताको भनाइ छ । यसो त तपाईँ आईफोन प्रयोगकर्ता हो भने यो तपाईँका लागि उपयुक्त हुनसक्छ ।

यदि तपाईँको फोन हरायो वा चोरी भयो भने अफ भएकै अवस्थामा पनि ट्र्याक गरेर आफ्नो फोन फेला पार्न सक्नुहुन्छ । यद्यपि केही ह्याकरले यसको फाइदा उठाएर प्रयोगकर्ताको आईफोन अफ हुँदा पनि त्यसलाई ट्र्याक गरेर एक्सेस पाउन सक्छन् ।

अफलाइन ह्याकिङको जोखिममा को को हुन सक्छन् ?

यो कमजोरी औसत प्रयोगकर्ताका लागि भने चिन्ताको विषय होइन । यो कमजोरी जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताका लागि जोखिमको विषय बन्नसक्छ । जेल ब्रेकिङ त्यस्तो प्रक्रिया हो, जसमा उक्त डिभाइसको त्रुटिलाई दुरूपयाेग गर्ने काम गरिन्छ ।

यसमा निर्माताले त्यस डिभाइसका लागि उपलब्ध गराएका बाहेक अन्य सफ्टवेयर इन्स्टल गरेर प्रयोग गर्ने गरिन्छ । सामान्य अर्थमा यसरी बुझ्नुहोस् कि, जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताले अपरेटिङ सिस्टम र त्यसका सबै फिचरमा एक्सेस पाउनसक्छन् ।

जेल ब्रोकन डिभाइसमा पहिले नै विभिन्न त्रुटि हुने भएकाले यस्ता डिभाइस बढी जोखिममा हुने गर्छन् ।

के आईफोन अफ हुँदा पनि ट्र्याक हुने कमजोरीबाट तपाईँ डराउनुपर्छ ?

तत्काललाई यसबाट सुरक्षा कमजोरीबाट नडराउन खोजकर्ताले सुझाव दिएका छन् । तपाईँसँग जेल ब्रोकन डिभाइस छ भने चाँहि केही सतर्कता अपनाउनुपर्ने हुन्छ ।

यो फिचर पहिले नै डिभाइस हराएको वा चोरी भएको अवस्थामा ट्र्याक गर्न सकियोस् भनेर समावेश गरेको देखिन्छ । यद्यपि यो एक सुरक्षा कमजोरी नै भएकाले आईओएसको पछिल्लो अपडेट इन्स्टल गर्नुहोस् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार