श्रावण २८, २०८३ बिहिबार August 13, 2026

अनुमति नलिई ड्रोन उडाउनेलाई कारबाही गर्दै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब कुनै पनि ड्रोन उडाउन सरकारबाट अनुमति लिनुपर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले अनुमति नलिई ड्रोन उडाउने व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएकाे छ ।

अत्यावश्यक कामका लागि दुई केजीभन्दा कम तौलका ड्रोन उडाउनका लागि प्रयोगकर्ताले जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै दुई केजीभन्दा माथि तौल भएका ड्रोन उडाउन प्रयोगकर्ताले गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“मानवरहित हवाई उपकरण (Remotely Piloted Aircraft (RPA) Known as ‘Drone’) उडान कार्यविधि २०७५” मा ड्रोन उडाउन विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । यदि उल्लेखित कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारबाही हुने भएको हुँदा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय विभिन्न व्यक्ति तथा निकायले अनुमति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको जानकारी आएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसो नगर्न सचेत गराएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार