जेठ ४, २०८१ शुक्रबार May 17, 2024

महिला क्रिकेट प्रतियोगिता : पुलिसको लगातार दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । पोखरामा जारी प्रतियोगितामा बुधबार भएको खेलमा पुलिसले प्रदेश १ लाई ११८ रनले पराजित गरेको हो।

टस जितेर प्रदेश १ ले फिल्डिङ रोजेसँगै पुलिस ब्याटिङमा उत्रिएको थियो । पुलिसले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रन बनायो । उसको लागि सम्झना खड्काले ६० र कविता कुँवरले ३७ रन बनाए । प्रदेश १ का लागि निशा शाहले १ विकेट लिइन्।

१५९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर ४० रन बनायो । उसको लागि सानु राजवंशी र लकिता राजवंशीले ११–११ रन बनाए । पुलिसका लागि हिरणमयी राईले ३ र सबनम राईले १ विकेट लिइन्।

अर्को खेलमा लुम्बिनी र कर्णाली प्रदेश दिउँसो सवा १ बजे भिड्दै छन् । दुवै टोली पहिलो जितको खोजीमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया