जेठ ४, २०८१ शुक्रबार May 17, 2024

टी-२० सिरिज इंग्ल्यान्डले जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डेविड मालान र साम करान चम्केपछि इंग्ल्यान्डले विश्व विजेता अस्ट्रेलिया विरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ ।

बुधबार क्याबेरामा भएको सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले अस्टे«लियालाई ८ रनले हराएको हो । योसँगै इंग्ल्यान्डले २–० को अग्रता लिएर सिरिज जितेको हो । मालानले ५४ बलमा ८२ रन जोडेर टोलीलाई उकासेका हुन् ।

जबकी टोलीले ५४ रनको क्षतिमा ४ विकेट गुमाइसकेको अवस्था थियो ।मालानलाई अर्को इन्डबाट मोईन अलीले राम्रो सहयोग गरेका थिए । अलीले ४४ रनको इनिङ खेलेका थिए । मालान र अलीले पाँचौं विकेटका लागि ९२ रन जोडेका थिए । योसँगै इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रनको योगफल बनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया