जेठ ४, २०८१ शुक्रबार May 17, 2024

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिस र लुम्बिनी सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा पुलिसले लुम्बिनीलाई ९७ रनले पराजित गरे पनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन् ।

आज शुक्रवारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले सात विकेटको जित निकाले पनि नेट रनरेटका कारण लुम्बिनीभन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो ।

पुलिसले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो । लुम्बिनीका सात खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङतर्फ पुलिसकी ईश्वरी विष्टले चार विकेट लिइन् । यस्ते रुबिना क्षेत्री र हिरनमय रोयले दुई/दुई विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक १२ रन बनाएकाे थियो । पुलिसका लागि कविता जोशीले नटआउट ४८, सम्झना खड्काले २९ र अप्सरी बेगमले १० रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सुस्मिता भुषाल र मनिषा रानाले दुई/दुई विकेट लिए ।

शुक्रवारकै अर्को खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई सात विकेटले हरायाे । कर्णालीले दिएकाे ५४ रनको लक्ष्य प्रदेश १ ले ६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍याे । प्रदेश १ का लागि निशा शाहले १८, लखिता राजवंशीले नटआउट १४ रन बनाइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली १६ ओभर १ बलमा ५३ रनमा अलआउट भयाे । कर्णालीका लागि यमुना थारुले २१, विना थापाले ११ रन बनाइन् । बलिङतर्फ प्रदेश १ की लखिता राजवंशीले तीन ओभरमा एक मेडनसहित पाँच रन खर्चेर चार विकेट लिइन् । यस्तै एलिसा खडियाले तीन विकेट लिइन् ।

समूह ‘बी’ बाट पुलिस विजेताको रूपमा र लुम्बिनी उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार
एलियन बने कार्तिक आर्यन
२०८१ जेठ ४, शुक्रबार