जेठ ४, २०८१ शुक्रबार May 17, 2024

सय मिटर दौडमा निशाको कीर्तिमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग)  त्यो कीर्तिमान बनाएकी थिइन् ।

एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला–पुरुष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला–पुरुष फाइनल, ४०० मिटर महिला पुरुष हिट, सटफुट महिला–पुरुषको हिट र फाइनल हुने तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया