जेठ ४, २०८१ शुक्रबार May 17, 2024

भलिबलः प्रदेश एकले सेमिफाइनल प्रवेशका लागि गण्डकी प्रदेशसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार मधेस प्रदेशलाई हराउँदै प्रदेश नम्बर १ समूह ‘बी’ को उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित भलिवल कोर्टमा भएको खेलमा १ नम्बर प्रदेशले ३–० को सोझो सेटमा जित निकाल्यो ।

पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको प्रदेश १ ले दोस्रो सेट २६–२४ ले जितेको थियो । तेस्रो सेट २५–९ ले जित हात पारेर प्रदेश १ ले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यस समूहबाट समूह विजेताको रूपमा त्रिभुवन आर्मी क्लब क्वाटरफाइनल पुगिसकेको छ । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा प्रदेश एकले पहिलो जितसँगै ३ अंक जोडेको छ । प्रदेश १ ले मंगलबार गण्डकी प्रदेशसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया