मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

सर्वसाधारणलाई तत्काल खेर्सन छोड्न् रुस समर्थित अधिकारीहरूको उर्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कब्जा गरिएको खेर्सनमा रुसी–स्थापित अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई ‘तत्काल’ छोड्न आग्रह गरेका छन् किनभने उनीहरूले युक्रेनी सेनाले दक्षिणी युक्रेनको सहरलाई पुनः दावी गर्न प्रतिआक्रामक अभियान चलाउने अपेक्षा गरेका छन् ।

क्षेत्रीय प्रशासनले टेलिग्राममा एक सन्देश पोस्ट गरेको छ जसमा नागरिकहरूलाई खेर्सन  शहर छोड्न माग गरिएको थियो । तनावपूर्ण अवस्था र युक्रेनी सेनाले ‘आतंकवादी हमला’ गर्न सक्ने भन्दै  सर्वसाधाणलाई खेर्सन सहर छोड्न भनिएको छ । नदी तरेर रुसी भूभागमा प्रवेश गर्न उनीहरूले सर्वसाधारणलाई डुंगा प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

रुसले युद्धको प्रारम्भिक दिनमा क्षेत्रीय राजधानी सहर खेरसन कब्जा गरेको थियो र त्यसपछिका महिनाहरूमा क्षेत्रका अन्य भागहरू कब्जा गरेको थियो । खेरसन राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अवैध रूपमा कब्जा गरेको चार क्षेत्रमध्ये एक हो । युक्रेनी सेनाद्वारा जारी काउंटर–आक्रमणबीच बिहीबार पुटिनले खेर्सनलगायतका केही क्षेत्रहरूमा मार्शल ल घोषणा गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार