कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

लमजुङमा निर्वाचनलाई थप चार सय सुरक्षाकर्मी माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा ४०० भन्दा बढी सुरक्षाकर्मी अपुग भएको छ । लमजुङमा २ हजार ३७६ सुरक्षाकर्मी खटाउने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना खटिने छन् । नेपाल प्रहरी ६१२ जना खटाइने भएकोमा लमजुङमा ३६१ जना मात्रै प्रहरी छन् । कम्तीमा २४० प्रहरी अपुग छ । सशस्त्र प्रहरी बलका १९७ जना खटाइने भएकोमा लमजुङमा ३६ जना मात्रै छन् । १६१ अपुग छ ।

सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले निर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरी गरी ४०० जनशक्ति अपुग रहेको बताए ।

लमजुङमा अति संवेदनशील मतदानस्थलमा वरिष्ठ सई, संवेदनशीलमा सई र सामान्यमा असईको कमाण्डमा प्रहरी खटाइने डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार म्यादीसहित कम्तीमा ९ देखि ११ जनासम्म प्रहरी खटिनेछन् ।

निर्वाचनमा नेपाली सेना ४६० र राष्ट्रिय अनुसन्धानका १० जना सुरक्षाकर्मी खटिनेछन् । नेपाली सेना भने मौजुदा रहेको सुरक्षा समितिले जनाएको छ । नेपाली सेनाको अपुग भएमा सेनाले नै व्यवस्थापन गर्नेछ । मतदानस्थलको पहिलो घेरामा हतियारसहितको नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरा कम्पाउण्ड बाहिर सशस्त्र प्रहरी र त्यसभन्दा बाहिर नेपाली सेना परिचालन गरिनेछ ।

लमजुङका २२ मतदानस्थल अति संवेदनशील देखिएका छन् । ८३ मतदानस्थल संवेदनशील छन् । २३ मतदानस्थलमात्रै सामान्य देखिएका छन् । भौगोलिक दृष्टिकोणबाट सदरमुकामबाट धेरै टाढा, यातायातको असुगमता, विगतका घटना, अरु जिल्लासंग सीमा जोडिएका तथा विभिन्न समीक्षाबाट सुरक्षा खतरा देखिएका ठाउँ अति संवेदनशील मतदानस्थलमा परेका प्रजिअ वैद्यले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार