मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

भारतद्वारा बङ्गलादेश ५ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आजको खेलमा भारतले बङ्गलादेशलाई ५ रनले पराजित गरेको छ । आजको जितले भारतको सेमिफाइनल पुग्ने सम्भावना निकै बलियो भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले  निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो । तर, लक्ष्य पछ्याउने क्रममा बङ्गलादेशले ७ ओभरमा बिना विकेटको क्षतिमा ६६ रन बनाएर खेल्दै गर्दा वर्षाले खेल अवरुद्ध हुन पुग्यो ।

वर्षा रोकिएपछि १६ ओभरमा खेल झारियो र बङ्गलादेशले जितका लागि १ सय ५१ रनको नयाँ लक्ष्य पायो । तर, राम्रो स्थितिमा रहेको बङ्गलादेश ठूलो सट हान्ने प्रयासमा लगातार विकेट गुमाउँदा दबाबमा पुग्यो । निकै रोमाञ्चक मोडमा खेल पुग्दा १६ ओभरमा ६ विकेटको क्षतिमा बङ्गलादेशले १ सय ४५ रन मात्र बनाउँदा खेल भारतको पक्षमा गयो ।

बङ्गलादेशका नुरुल हसन र तास्किन अहमदले टोलीलाई जित नजिक पुर्‍याएका थिए । तर, उनीहरूको प्रयास पर्याप्त हुन सकेन । अन्तिम ओभरमा जितका लागि २० रन चाहिएको अवस्थामा नुरुलले १५.२ ओभरमा छक्का र १५.५ ओभरमा चौका हिर्काएका थिए । अन्तिम बलमा जितका लागि ७ र बराबरी गर्नका लागि ६ रनको चाहिएको अवस्थामा स्ट्राइकमा रहेका नुरुलले १ रन मात्र हिर्काउँदा भारतले खेल ५ रनले जित्यो ।

आजको जितसँगै चार खेलबाट भारत ६ अङ्क बटुलेर समूह २ को अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । हारपछि समान खेलमा बङ्गलादेश ४ अङ्कका साथ तेस्रो स्थानमा यथावत् छ । ३ खेल खेलेको दक्षिण अफ्रिका ५ अङ्कसहित दोस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार