असोज १७, २०८३ शनिबार October 3, 2026

नेपाली बजारमा सस्तो मूल्यका रेड्मी फोन सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चिनियाँ स्मार्टफाेन निर्माता साओमीले नेपाली बजारमा ‘ए’ सिरिजका रेड्मी स्मार्टफोन भित्र्याएको छ । कम्पनीले हालै ‘रेड्मी ए१’ र ‘रेड्मी ए१ प्लस’ सार्वजनिक गरेको हो । साओमीका अनुसार यी फाेनमा फास्ट इन्टरनेट कनेक्सन, उत्कृष्ट डिजाइन र परिस्कृत प्रविधि रहेको छ ।

दुवै फोनमा ६.५२ इन्चको रंगीन डिस्प्ले समावेश गरिएको छ । मिडियाटेक हेलियो ए२२ चिपसेट र एन्ड्रोइड १२ मा आधारित रेड्मी ए१ ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु गरी तीन फरक कलर भेरियन्टमा उपलब्ध छ । त्यस्तै ए१ प्लसमा सुरक्षाका लागि रियर फिंगर प्रिन्ट सेन्सर दिइएको छ ।

रेड्मी ए१ र रेड्मी ए१ प्लसमा ८ मेगापिक्सेलको डुअल एआई क्यामेरा रहेको छ । भने, सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा रहेको छ । कम्पनीका अनुसार २ जीबी र्‍याम र ३२ जीबी रोमयुक्त रेडमी ए१ ग्राहकले ११ हजार ९९९ रुपैयाँ र २ जीबी र्‍याम र ३२ जीबी रोमयुक्त रेड्मी ए१ प्लस १२ हजार ४९९ रुपैयाँमा किन्न सक्नेछन् ।

त्यस्तै ३ जीबी र्‍याम र ३२ जीबी रोमयुक्त रेडमी ए१ प्लसको मूल्य १३ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया