असोज १८, २०८३ आइतबार October 4, 2026

ह्वाट्सएपबाट फोटो पठाउँदा ‘क्वालिटी’ खस्कियो ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कतिपय प्रयोगकर्ताले ह्वाट्सएपबाट फोटो पठाउँदा गुणस्तर खस्किने गरेको गुनासो गरिरहेका हुन्छन् । वास्तवमा ह्वाट्सएपको डिफल्ट अर्थात पूर्ववत रूपमा निर्धारित फिचरका कारण अपलोड गर्ने फोटोको गुणस्तर घटिरहेको हुन्छ ।

खासगरी प्रयोगकर्ताको मोबाइल डेटा जोगाउने उद्देश्यका साथ ह्वाट्सएपले यस्तो फिचर राखेको हो । तर यदि सेटिङमा गएर सामान्य परिवर्तन गर्नु भयो भने ह्वाट्सएपबाट उच्च  गुणस्तरीय फोटो आदान प्रदान गर्न सकिन्छ ।

ह्वाट्स एपमा उच्च गुणस्तरीय फोटो आदान प्रदानका लागि के गर्ने ?

  • यसका लागि सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् र दायाँतर्फ माथि कुनामा रहेको तीन थोप्ला भएको बटन हुँदै सेटिङमा जानुहोस् ।
  • अब त्यहाँ तपाईँले स्टोरेज एन्ड डेटा (Storage and data) अप्सन देख्नु हुनेछ, त्यसमा दबाउनु होस् ।
  • त्यसपछि अन्तिममा रहेको फोटो अपलोड क्वालिटी (Photo upload quality) मा थिच्नुहोस् र बेस्ट क्वालिटी (Best quality) छानेर ओके (OK) गर्नुहोस् ।
  • यति गरेपछि तपाईँले ह्वाट्सएपबाट तस्वीर पठाउँदा उच्च गुणस्तरमा अपलोड हुनेछ र प्राप्त गर्ने मान्छेले त्यही स्तरको फोटो पाउनेछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार