श्रावण १८, २०८३ सोमबार August 3, 2026

साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले तोड्यो आरआरआरको ओभरसिज बिक्री रेकर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साउथ इण्डियन स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ रिलिजपछि निकै नै चर्चामा आएको थियो । अब फ्यानहरू यो फिल्मको दोस्रो भाग ‘पुष्पा : द रुल’को प्रतिक्षामा छन् ।

भारतपछि रुसमा रिलिज हुने यो फिल्मको ओभरसिज थियट्रिकल राइट्स महंगो रकममा बिक्री हुने भएको छ । यो फिल्म ८० करोड रुपैंयाँभन्दा बढीमा बिक्री हुन लागेको हो ।

यसको मूल्य आधिकारिक रुपमा तय भए पनि निर्माता र किन्ने पक्षबीच आधिकारिक रुपमा सम्झौता भइसकेको छैन । यो मूल्य फिल्म ‘आरआरआर’ भन्दा पनि महंगो हो । फिल्म ‘आरआरआर’को ओभरसिज थियट्रिकल राइट्स ७० करोड रुपैयाँ हो ।

यो फिल्मको रिलिज बारे आधिकारिक सूचना बाहिर आएको छैन । तर, फिल्म निकट स्रोतका अनुसार फिल्म सन् २०२३ को अगष्टमा रिलिज हुने छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया