बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

आजदेखि अत्यावश्यकबाहेक देशभर सबै सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण सर्ने जोखिम विचार गरेर सरकारले आज (आइतबार) देखि देशैभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गराएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सबै सेवा बन्द गरिएका हुन्।

नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द हुने गृह मन्त्रालयले जनाएको छ। यो बन्द चैत २१ गतेसम्म जारी रहनेछ।

यस्तै आजैदेखि १८ गते सम्मका लागि अन्तराष्ट्रिय उडान पनि बन्द गरिएको सरकारले जनाएको छ।

यस्तै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका सवारीसाधन पनि बन्द गरिनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया