मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

बर्माः पूर्वराजतदूतसहित ६ हजार बन्दीलाई रिहा गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः म्यानमारको सैन्य सरकारले बेलायतका पूर्वराजदूत, जापानी फिल्म निर्माता र देशका अपदस्थ नेताका एक अष्ट्रेलियाली सल्लाहकार सहित ६,००० बन्दीहरूलाई रिहा गर्ने भएको छ।

पूर्वकूटनीतिज्ञ विक्की बोमन र टोरु कुबोटालाई यस वर्षको सुरुमा जेल पठाइएको थियो भने सन टर्नेललाई २०२१ को विद्रोहको लगत्तै हिरासतमा राखिएको थियो । म्यानमारको राष्ट्रिय दिवस मनाउनका लागि माफी दिइएको सेनाको जुन्ता सरकारले जनाएको छ ।

सेनाले सत्ता कब्जा गरेदेखि १६ हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

सेनाले सन् २०२१ को फेब्रुवरीमा लोकतान्त्रिक रूपमा निर्वाचित आङ सान सुकीको सरकारलाई अपदस्त गरेको थियो । त्यसपछि  देशभर ठूलो विरोध र व्यापक प्रतिरोध आन्दोलन सुरु छ ।

बोमनले सन् २००२ र २००६ को बीचमा म्यानमारका लागि बेलायतको राजदूतको रूपमा काम गरेकी थिइन । गिरफ्तारीको समयमा उनले यांगुनमा रहेको म्यान्मार सेन्टर फर रेस्पोन्सिबल बिजनेस (एमसीआरबी) चलाइरहेकी थिइन् ।

धाराप्रवाह वक्ता उनी म्यानमारको सानो अन्तर्राष्ट्रिय समुदायको एक प्रसिद्ध सदस्य हुन्। उनका पति हेइन लिन पूर्व राजनीतिक बन्दी हुन्।

शान राज्यमा रहेको घरबाट सहर फर्किएपछि दम्पतीलाई पक्राउ गरिएको थियो। सैन्य अधिकारीहरूले उनीहरू दुवैलाई फरक स्थानमा बस्ने भनेर दर्ता गर्न असफल भएको आरोप लगाएका छन् ।

त्यस्तै टर्नेललाई सन् २०१२ को फेब्रुवरीमा यांगुनमा हिरासतमा राखिएको थियो।  सेनाले कू शुरू गरेपछि उनलाई तीन वर्षको लागि जेल सजाय तोकिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार