मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट : कञ्चनपुरलाई उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले हात पारेको छ । महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा आज भएको फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरको खेलमा १६ दशमलव चार ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र ४१ रन जोड्न सक्यो । डडेल्धुराका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ कञ्चनपुरका लागि हेमन्त धामीले पाँच ओभरमा पाँच रन खर्चंँदै सर्वाधिक ह्याट्रिकसहित पाँच विकेट लिएर टिमलाई विजय दिलाउन सफल भए ।

बयालिस रनको झिनो लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको कञ्चनपुरले आठ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै विजयी भयो । कञ्चनपुरका लागि कप्तान अनुराग सिंहले २३ बलमा अविजित १९ रन बनाए । राहुल चन्दले १७ बलमा १२ रन बनाउन सफल भए । बलिङतर्फ डडेल्धुराका लागि कप्तान कैलाश ऐरले चार दशमलव एक ओभरमा २५ रन खर्चंदा कृष्ण विष्टले पनि एक ओभरमा एक रन खर्चंदै समान एक/एक विकेट लिन सफल भए ।

उक्त खेलमा म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी  घोषित भए । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी धामीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिएको जानकारी दिए । त्यसैगरी डडेल्धुराका दीपक बोहरा उत्कृष्ट ब्याट्सम्यान तथा अछामका युवराज खत्री प्रतियोगिताको उत्कृष्ट बलरको अवार्डबाट सम्मानित भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार