कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

यसपालिको निर्वाचन तडकभडक र खर्चिलो बनेन : मानवअधिकार आयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ । आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमि आएको निष्कर्ष निकालेको जनाएको हो ।

आयोगले २७–३० कात्तिकसम्म  अनुगमनवाट प्राप्त विभिन्न १८ वटा सकारात्मक र नकारात्मक तथ्यहरुलाइ सार्वजनिक गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन न्यून भएको उल्लेख गर्दै आयोगको संयुक्त अनुगमन टोलीले भारतीय नम्बर प्लेटकाका गाडीहरु भने प्रचारप्रसारमा प्रयोग गरेको पाइएको जनाएको छ ।

अधिकाशं मतदान केन्द्रहरु विध्यालय नै प्रयोग गरेको हुनाले आयोगले ध्यानाकर्षण जनाएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले निर्वाचनका कारण बालबालिका विद्ययालय जान नपाएको विषयलाई गम्भीर रुपमा लिएको बताए ।

आयोगले सप्तरीको हातिगंगा भन्ने स्थान कोशीटप्पुबीच रहेकाले संवेदनशील क्षेत्र भएको निष्कर्ष निकाल्दै मतपेटिका मतगणनास्थलसम्म पु¥याउन हेलिकप्टरको प्रयोग गर्नुपर्ने सुझाव दिएको छ ।

मधेश प्रदेशमा सुरक्षाका हिसाबले समेत खासै संवेदनशील नभएको आयोगले जनाएको छ । ‘सरकार विरोधी दलहरु प्रशासनको निगरानीमा भएको हुनाले अवाञ्छित गतिविधि नभएको पाइएको हो,’ अनुगमन टोलीकी सदस्य लिली थापाले भनिन् ।

अनुगमन  आदिवासी जनजाती आयोगका  रामबहादुर थापा,  राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा, मधेशी आयोगका कार्यालय प्रमुख मन्जु खतिवडा र सदस्य जिवछ साहले गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
२०८३ कार्तिक ३०, सोमबार
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
२०८३ कार्तिक ३०, सोमबार
बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान
२०८३ कार्तिक ३०, सोमबार