मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

मलेसिया एयलाइन्सको विमानमा गोली प्रहारः दोषीलाई आजिबन काराबास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः एक डच अदालतले युक्रेनमा सन् २०१४ मा मलेशिया एयरलाइन्सको उडान एमएच१७ लाई खसालेको मामिलामा तीन जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । दुर्घटनाको ८ वर्षपछि अदालतले एउटा महत्वपूर्ण मुद्दामा सो फैसला गरेको हो ।

रुसी नागरिक इगोर गिरकिन र सर्गेई डुबिन्स्की र युक्रेनी लियोनिद खार्चेन्कोलाई जहाजमा रहेका सबै २९८ जनाको हत्या र रुसले आपूर्ति गरेको क्षेप्यास्त्र बोइङ ७७७ लाई खसालेको अभियोगमा दोषी ठहर गरेको हो । चौथो व्यक्तिले भने सफाइ पाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अदालतको फैसलाको प्रशंसा गरे । साढे दुई वर्षको सुनुवाइको अन्त्यका लागि संसारभरबाट आएका परिवारहरूले भरिएको अदालतको कोठामा फैसला पढ्दा ःएमएच १७ पीडितका आफन्तहरूले आँसु बगाएका थिए ।

“अदालतले प्रमाणित आरोपहरूलाई यति गम्भीर भनेको छ कि उच्चतम सम्भावित जेल सजाय मात्र उपयुक्त हुनेछ,“ प्रधान न्यायाधीश हेन्ड्रिक स्टेनहुइसले भने । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार