कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

निर्वाचन आयोग अगाडी प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीका आधा दर्जन कार्यकर्ता पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध कार्यकर्ताहरुले निर्वाचन आयोगको गेटमा संसदीय निर्वाचन बहिस्कार गरौं भन्दै नाराबाजीसहितको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ ।

विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटी, सुनिता बोगटी, अर्जुन बोगटी, युवराज थापा र प्रतिरोध बोगटीलाई नियन्त्रणमा लिएको हो ।

कान्तिपथ अगाडी पक्राउ परेका सबैलाई दरबारमार्ग स्थित प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेका सबैजना कार्यकर्ताहरुलाई भोली निर्वाचन पश्चात मात्र छाडिने भएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया