वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

पेट्रोलियम आयात घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । (तालिका हेर्नुस्) डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो ।

पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि बाहिरिएको रकम भने बढेको छ । पोहोर ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँ डिजेल आयातमा बाहिरिएकोमा यसपालि यो घटेर ४४ अर्ब २८ करोड ५३ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसपालि साउन–कात्तिकमा सबैभन्दा बढी आयात भएको वस्तु डिजेल नै हो ।

पेट्रोल चालू आवको पहिलो ४ महीनामा २३ अर्ब ६९ करोड ७० लाख रुपैयाँको आयात भएको छ । पोहोर १८ अर्ब ६६ करोड ६५ लाख मात्रै पेट्रोल आयातमा बाहिरिएको थियो ।

यसपालि आयातको तेस्रो नम्बरमा रहेको एलपीजी ग्यास १९ अर्ब ६४ करोड ४७ लाख रुपैयाँको पैठारी भएको छ । पोहोर साउन–कात्तिकमा १७ अर्ब ४३ करोड १७ लाख रुपैयाँभन्दा बढीको एलपीजी ग्यास आयात भएको थियो ।

कात्तिकसम्ममा नेपालबाट सबैभन्दा बढी पामोलिन ५ अर्ब ५४ करोड ४९ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै भटमासको तेल ५ अर्ब ३२ करोड २३ लाख र पाम तेल ३ अर्ब ३८ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागले बताएको छ ।आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया