श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विश्वकप पूर्वावलोकन : आइतबारको खेलमा जीत निकाल्न जर्मनीलाई कडा मेहनत गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्पेनले आइतबार जर्मनीको सामना गर्दैछ । स्पेनले आफ्नो पहिलो खेलपछि आफ्नो यात्रा सुनिश्चित गर्ने प्रयास गरिरहेको छ, जबकि जर्मनीले जापानसँग पहिलो दिनको हारपछि पुन ःआगमन गर्न आवश्यक छ । अन्यथा उनीहरू घर फर्कनेछन् ।

जर्मनीको जापानी टोलीसँगको हारले उनीहरूलाई लगातार दोस्रो विश्व कपको लागि पहिलो उडान समात्ने सम्भावनाको ढोका खोलेको छ ।

इल्के गुन्डोगान र म्यानुअल नुएर जस्ता खेलाडीहरू खेलपछि ड्रेसिंग रूममा हारको बारेमा आफ्नो राय दिन हिचकिचाएनन् । स्ट्राइकर काई हाभर्ट्जले एक पत्रकार सम्मेलनमा हारपछि आफुलाई आक्रोशित बनाएको बताएका छन् ।

स्पेनले कोस्टारिकालाई ७–० गोलअन्तरले पराजित गर्दै विश्वकपमा आफ्नो सुरुवात गरेको हो । रोड्रिगो हर्नान्डेजले सेन्ट्रल डिफेन्समा निरन्तरता दिने क्रममा स्पेनका प्रशिक्षक लुइस एनरिकेले त्यही टोलीलाई कायम राख्ने छन्, तर कहिलेकाहीं उनको टोली चयनको भविष्यवाणी गर्न गाह्रो हुन्छ । अल्भारो मोराटाले मार्को एसेन्सियोको लागि आक्रमण सुरु गर्नु वा पाउ टोरेस पनि केन्द्रीय डिफेन्समा आउनु कुनै आश्चर्यको कुरा होइन ।

स्पेनका लागि कोस्टारिकाविरुद्ध गोलको खाता खोलेका डानी ओल्मोआफ्नो टोलीले जर्मनीलाई हराउन सक्नेमा आशावादी छन् ।

“हामी कोस्टारिकाविरुद्ध जस्तै खेलको सशक्त सामना गर्नेछौं,” ओल्मोले भने, “जमाल मुसियाला सबैभन्दा ठूलो खतरा हो । उनी उत्कृष्ट फर्ममा छन् र उनको आत्मविश्वास उच्च छ र उनले खेल स्पेन–जर्मनीबीचको खेलमा नाटकीय जीत निकाल्नेमा थप जिम्मेवारी लिइरहेका छन् । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार