असोज १५, २०८३ बिहिबार October 1, 2026

पिपिईसहितका अत्यावश्यक सामग्री लिएर चीनबाट आयो विमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कोरोना भाइरस विरुद्धको अभियानका लागि अत्यावश्यक सामग्री चीनबाट नेपाल आइपुगेको छ।

चीनका विभिन्न राज्य तथा संगठनले प्रदान गरेका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहित अत्यावश्यक सामग्रीको पहिलो लट लिएर विमान चीनको ग्वान्झाउबाट काठमाडौँ आएको हो ।

सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिईसहितका अत्यावश्यक सामग्रीसहितको विमान आइतबार बिहान अवतरण भएको हो ।

सो विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरुप प्रदान गरेका मास्कसहितका सुरक्षात्मक सामग्री पनि ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानबाट १२.६६ टन चिकित्सा सामग्री नेपाल ल्याइएको हो । अरु राज्यले प्रदान गरेका सहयोगहरु पनि आउने क्रम जारी रहने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार