वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

चार वर्षयदेखी डेटमा रहेका अरबाज खान र जर्जियाको ब्रेकअप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान र उनकी मोडल तथा अभिनेत्री प्रेमिका जर्जिया एन्ड्रियानीको ब्रेकअप भएको छ । जर्जियाले हालै एक अन्तर्वार्तामा अरबाजसँगको सम्बन्ध राम्रो नरहेको खुलाउँदै उनलाई प्रेमीभन्दा पनि राम्रो साथीको रूपमा चिनाइन् ।

‘मेरो र अरबाजको विवाहको कुनै योजना छैन । लकडाउनपछि हाम्रो सम्बन्धमा पविर्तन आइसकेको छ । लकडाउनले हामीलाई सोच्न बाध्य बनायो । लकडाउनले मानिसलाई कि सँगै बनायो, कि त अलग्यायो’, उनले भनेकी छन् । जर्जियाको कुराले अरबाजका फ्यानले उनीहरुको ब्रेकअप भएको अड्कलबाजी गरेका छन् ।

अरबाज र जर्जिया विगत चार वर्षयता डेटमा थिए । उनीहरु प्रायः सँगै रहन्थे । उनीहरूबीच २२ वर्षको उमेर अन्तर छ । इटली घर भएकी जर्जियाले साउथ र बलिउड फिल्ममा काम गरिसकेकी छन् । उनी कैयौं म्युजिक भिडियोमा पनि देखिएकी छन् ।

अरबाजले सन् १९९८ मा मलाइका अरोडासँग विवाह गरेका थिए । उनीहरूको एक छोरा अरहान खान छन् । अरबाज र मलाइकाले सन् २०१७ मा डिभोर्स गरेका थिए । अरबाजसँगको डिभोर्सपछि मलाइका अभिनेता अर्जुन कपुरसँग प्रेममा छिन् । उनका छोरा अरहान खान बलिउडमा डेब्युको तयारीमा छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार