मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

रुससँगको युद्धमा १३ हजार सैनिकको मृत्यु भएको युक्रेनको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुससंगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिकको मृत्यु भएको युक्रेनले जनाएको छ । युक्रेनमा १० हजार देखी १३ हजारको संख्यामा सैनिकको मृत्यु भएको राष्ट्रपति भ्लोदोमिर जेलेन्सीका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

रुससंग युद्धकै क्रममा रहेकाले हताहतीको यकिन संख्या अझै पत्ता लाग्न नसकेको पोदोल्याकको भनाई छ । यद्यपी मुत्यु भएकाको संख्याबारे युक्रेनी सेनाले आधिकारीक रुपमा स्विकार गरेको छैन । गत जुनमा दैनिक १ सय देखी २ सयको संख्यामा युक्रेनी सेनाको मृत्यु भैरहेको राष्ट्रपति कार्यलयले बताएको थियो ।

अमेरिकि एक उच्च सैनिक अधिकारीले भने रुसले युक्रेन माथि हस्तक्षेप सुरु गरेयता, मस्कोतर्फ १ लाख बढि र कीभ तर्फ सोही संख्यामा सेना मारिएको दाबी गरेका थिए ।

युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन देर लेयेनले पनि युद्धका क्रममा १ लाख युक्रेनी सेनाले ज्यान गुमाएको अभिव्यक्ती दिनुभएको थियो । यद्यपी इयुले लेयेनको सो आंकडालाई सच्चाउंदै घाइते र मृत्यु हुनेको संख्या अझै बढी भएको बताएको थियो । युक्रेनले रुसतर्फ १ लाख सेना मारिएको दावी गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार