मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

कतार विश्वकपमा उरुग्वे समूह चरणबाटै बाहिरियो !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दुई पटकको विश्वकप विजेता उरुग्वे कतारमा जारी संस्करणको समूह चरणबाटै बाहिरिएको छ। शुक्रबार भएको समूह चरणमा अफ्रिकी मुलुक घानालाई २-० को नतिजामा पराजित गरे पनि गोलअन्तरमा दक्षिण कोरियासँग पछाडि पर्दा बाहरिनु पर्‍यो।

यसअघि सन् २०१४ मा पनि उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो। समूह ‘एच’ को पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा अल्झिएको उरुग्वे दोस्रो खेलमा पोर्चुगलसँग २-० को नतिजामा पराजित भएको थियो।

सोही समूहको अर्को खेलमा कोरियाले पोर्चुगललाई २-१ गोलको नतिजामा पराजित गरेपछि उरुग्वेसँग अंक समान भएको थियो। अंक बराबरी भए पनि गोलअन्तरमा उरुग्वे पछाडी पर्यो। उरुग्वेले समूह चरणमा दुई गोल मात्र गर्दा दक्षिण कोरियाले चार गोल गरेको थियो।

जसका कारण दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएको हो। उरुग्वेसँगै घाना पनि समूह चरणबाट बाहिरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार