वैशाख ६, २०८१ बिहिबार April 18, 2024

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गेको छ । अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोलले हरायो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गाल गर्नुभयो । अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएको थियो । अर्जेन्टिनाका लागि मेस्सीले सानदार प्रदर्शन गर्नुभयो ।

खेल जीवनको आफ्नो एक हजार खेलमा मेस्सीले ३५औं मिनेटमा अष्ट्रेलियाका रक्षकलाई छल्दै गोल गर्नुभएको थियो । पाँचौं पटक विश्वकप खेलिरहनु भएका मेस्सीको विश्वकपमा नवौं गोल हो । मेस्सी म्यान अफ दि म्याच समेत हुनुभयो ।

५७औं मिनेटमा जुलियन अल्भारेजले अष्ट्रेलियाका गोलरक्षकको हातबाट फुस्किएको बलमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । यता पहिलो हाफमा रक्षात्क प्रदर्शन गरेको अष्ट्रेलियाले खेलको ७७औं मिनटमा आत्मघाती गोल उपहार पायो ।

अष्ट्रेलियाका क्रेग गुडविनको लामो प्रहार अर्जेन्टिनाका एन्जो फर्नान्डेजलाई लाग्दै गोल भएको थियो । त्यसपछि दुवै टोलीले खेलको अन्तिम समयसम्म थप गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

अब क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्नेछ । शनिबार रातिनै नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया