श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्वकपः फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कतार फिफा विश्वकपअन्तर्गत आइतबार प्रिक्वाटरफाइनलका दुई खेल आयोजना हुँदैछन् । दोहामा पहिलो खेलमा फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे अल थुमामा मैदानमा हुनेछ ।

फ्रान्स र पोल्यान्डबीच विश्वकपमा दोस्रो भेट हुन लागेको हो । सन् १९८२ मा भएको तेस्रो स्थानको भेटमा पोल्यान्डले ३-२ ले जितेको थियो । पोल्यान्ड समूह डी को विजेता बन्दै नकआउट पुगेको थियो ।

पोल्यान्ड भने समूह सी को उपविजेता भएको हो । पछिल्लो सात भेटमा फ्रान्स पोल्यान्डविरुद्ध अपराजित छ । सन् २००६ पछि नकआउट चरण पुग्ने फ्रान्स साविक विजेता बनेको छ ।

राति पौने एक बजे हुने खेलमा इंग्ल्यान्ड र सेनेगल आमुने सामुने हुनेछन् । खेल अल बायत मैदानमा हुनेछ । गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड समुह बी को विजेता बनेको थियो । विश्वकपमा इंग्ल्यान्डले एक सय गोल पूरा गरेको छ ।

अफ्रिकन च्याम्पियनविरुद्ध इंग्ल्यान्डका ह्यारी केन, मार्कुस रसफार्ड, फिल फोडेन, जड विलिंघम, रहिम स्टर्लिङ जस्ता खेलाडी हुनेछन् । सेनेगल भने समूह ए को उपविजेता रुपमा नक आउट चरणमा पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार