वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

फिफा विश्वकप: आज जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  कतारमा जारी फिफा विश्वकप २०२२ मा साेमबार प्रि-क्वाटरफाइनलअन्तर्गत २ खेल हुँदैछन् ।

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ। अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन्। जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिष्पर्धा हुनेछ। स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्। ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया