चैत्र १५, २०८० बिहिबार March 28, 2024

मालीमा ६६ आतङ्ककारी मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका बताइएको छ ।

यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतङ्ककारी विरुद्धको कारबाहीमा उनीहरुमा मारिएका हुन् । सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतङ्ककारीहरुले निर्माण गरेका कैयौँ आश्रयस्थल पनि ध्वस्त बनाइ दिएको छ ।

उनीहरुले प्रयोग गर्ने शक्तिशाली हतियारहरुका साथै उनीहरुका सवारीसाधन पनि मालीको सशस्त्र सैन्य बलले कब्जामा लिएको छ ।

सो बलले गएका केही महिनादेखि यहाँका आतङ्ककारीहरुका विरुद्धमा सशक्त कारबाही सुरु गरेको जनाएको छ । प्रतिआतङ्कवादी अभियान नाम दिइएको सो अभियानमा यहाँको सेनाले अरु कैयौँ आतङ्ककारीहरुलाई पक्राउ पनि गरेको छ ।

सन् २०१२ देखि मालीले यहाँ सुरक्षा चुनौतीको सामना गर्दै आएको छ । याहँ विभिन्न समूहले आतंककारी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आएका छन् ।

यो अफ्रिकी देशमा अतिवादीहरुले जारी राखेको आतङ्कमा परेर हजारौँ मानिसको ज्यान गइसकेको छ भने अरु हजारौँ नागरिक विस्थापित भएका छन् ।

राजनीतिक र आर्थिक सङ्कटमा परेको यस देशमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पहल गर्दै आएको भए पनि सम्भव हुन सकेको छैन । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया