वैशाख ८, २०८१ शनिबार April 20, 2024

नेपाल टेलिकमले आगामी पौष १७ देखी फाइभजी सुविधा उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको अधिकारीले जानकारी दिनुभयो ।

मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको थियो । सरकारको सोही निर्णयअनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकमलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो ।

प्राधिकरणले टेलिकमलाई एक वर्षसम्म फाइभजी परीक्षण गर्न पाउने समय सुविधा उपलब्ध गराएको छ । उपकरण जडान कार्य सम्पन्न भएको प्राधिकरणलाई जानकारी गराएपछि परीक्षण अवधि सुरु हुने सर्त राखिएको छ । टेलिकमले सोहीअनुसार उपकरण जडान र परीक्षणको काम गरिरहेको हो । आन्तरिक परीक्षण सफल भएपछि टेलिकमले सर्वसाधारणका लागि यो खुला गर्नेछ ।

जनवरीदेखि खुला गर्ने तयारी गरिरहेको टेलिकमले आफ्ना ग्राहकका लागि भने यो सुविधा निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।

एक वर्षको परीक्षण अवधि समाप्त भएपछि प्राधिकरणले परीक्षणको लागि उपलब्ध गराएको फ्रिक्वेन्सी फिर्ता लिनेछ । यद्यपि टेलिकमले चाहेमा सोही ब्यान्डको फ्रिक्वेन्सीमा प्राधिकरणसँग समन्वय गरेर परीक्षण गर्न सक्नेछ ।

टेलिकमले फाइभजी परीक्षणलाई तीव्र बनाए पनि पछिल्लो समय भने यसको प्रगति केही सुस्त भएको जनाएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका कारण विद्यमान सेवा चुस्त राख्नुपर्ने भएकाले फाइभजी परीक्षण केही सुस्त भएको टेलिकमले जनाएको छ । यद्यपि फाइभजी परीक्षण गर्ने पूर्वतयारीअनुसार अहिलेसम्म जनवरीमै सुरु गर्ने गरी काम भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

टेलिकमले २०१७ जनवरी १ देखि नेपालमा फोरजी सेवा सुरु गरेको थियो । त्यसको पाँच वर्षपछि फाइभजी सेवा सुरु गर्ने तयारीमा कम्पनी जुटेको हो । फोरजी व्यक्तिगत उपभोक्ताका लागि उपयोगी भए पनि फाइभजी भने खासगरी उपकरण–उपकरणबीचको सञ्चारका लागि उपयोगी मानिन्छ ।

फाइभजीको प्रयोगमार्फत प्रतिसेकेन्ड अधिकतम १० जीबी गतिको इन्टरनेट प्रयोग गर्न सकिन्छ । फाइभजी अवरोधविहीन प्रविधि मानिएकाले आईओटी, एमटुएम सञ्चारजस्ता काममा यसको प्रयोग हुने गरेको छ । फाइभजीको प्रयोगबाटै ड्राइभरविहीन कार, स्मार्ट सिटी, ड्रोन प्रविधि र बिग डेटाका काम सम्भव भएका छन् ।

अहिलेसम्म विश्वका करिब ७० देशले फाइभजीको प्रयोग सुरु गरिसकेका छन् । छिमेकी मुलुक भारतले पनि दुई महिनाअघिदेखि सर्वसाधारणका लागि फाइभजी खुला गरेको छ ।  गोरखापत्रबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार
बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने
२०८१ वैशाख ७, शुक्रबार