एजेन्सी । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा शुक्रबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
प्रान्तीय प्रहरीका प्रवक्ताका अनुसार दुर्घटना नान्गाहारको बाटिकोट जिल्लामा भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र १३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । व्यस्त सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण गर्न चालकहरूलाई ट्राफिक नियम र कानुनको पूर्ण पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया