असोज १८, २०८३ आइतबार October 4, 2026

उत्तरी गोरखामा एक सातादेखि अवरुद्ध टेलिफोन सेवा सुचारु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उत्तरी गोरखामा एक सातादेखि अवरुद्ध टेलिफोन सेवा सुचारु भएको छ। बिहीबार दिउँसोदेखि टेलिफोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।

धार्चे गाउँपालिकाको केरौँजामा रहेको मुख्य टावरमा बिजुली बत्ती नहुँदा मोबाइल फोन अवरुद्ध भएको थियो। लघुजलविद्युत बिग्रिएपछि गाउँपनि अन्धकार भएको र टावरमापनि समस्या आएको थियो। ‘टावरमा बिजुली नहुँदा सेवा अवरुद्ध भएको थियो’ नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्र श्रेष्ठले भने ‘बिहीबारबाट सुचारु भएको छ।’

लघुजलविद्युत बन्द हुँदा टावरमा रहेको ब्याट्रीबाट करिब ८ घण्टा मात्रै मोबाइल संचालन हुन्छ। त्यसपछि बत्ती नहुँदा सेवा अवरुद्ध हुने टेलिकम गोरखाले जनाएको छ। छिट्टै केरौँजाको टावरमा सोलार जडान गर्ने तयारी भएको टेलिकम शाखा प्रमुख श्रेष्ठले बताए।

टावर अवरुद्ध हुँदा आफन्तसँग कुराकानी गर्न, सन्चोबिसन्चो सोध्न नपाएको, कोहीलाई बोलाउन पर्यो भने घरमै जानुपर्ने, फोनमा कुरा गर्न नपाएको गुनासो स्थानीयको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार