मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इरानमा सरकार विरोधी प्रदर्शनमा उत्रिएका दोस्रा व्यक्तिलाई पनि मृत्युदण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इरानले देशमा जारी विरोध प्रदर्शनबीच पक्राउ परेका दोस्रा व्यक्तिलाई पनि मृत्युदण्ड दिएको छ । हिजाबविरोधी आन्दोलनमा सहभागी माजिद्रेजा रहनावार्डलाई सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हो । उनलाई ‘भगवानविरुद्ध युद्ध’ गरेको आरोपमा त्यसको दुई दिनपछि पक्राउ गरिएको थियो ।

उनलाई सुरक्षाकर्मीको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको न्यायपालिकाले जनाएको छ । रहनभार्डले नोभेम्बर १७ मा बसिजका दुई सदस्यविरुद्ध ‘अतिवादी’ कार्य गरेको सरकारले दाबी गरेको थियो ।

उनलाई दिइएको सजायको तस्बिर पनि सार्वजनिक गरिएको छ , जहाँ पछाडिको हात बाँधेर क्रेनबाट झुण्डाइएको थियो ।

यसअघि प्रदर्शनमा सहभागी भइ पक्राउ परेका अर्का एक व्यक्तिलाई गत साता मृत्युदण्ड दिइएको थियो । २३ वर्षीय मोहसेन शेकारीलाई मृत्युदण्ड दिइएको थियोे ।
मध्य तेहरानमा बसिज अर्धसैनिक बलका एक सदस्यलाई चक्कु आक्रमण गरी घाइते बनाएको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको थियो ।

हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकतासम्बन्धी प्रहरीको गिरफ्तारमा परेकी युवती महसा अमिनीको हिरासतमै मृत्युपछि इरानमा विरोध प्रदर्शन सुरु भएको थियो । उनको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएको थियो ।

हिजाब विरोधी प्रदर्शनमा हजारौँ पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ भने प्रहरी दमनमा ४ सयभन्दा बढीको मृत्यु भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार