असोज १८, २०८३ आइतबार October 4, 2026

फाइभजी परीक्षण थाल्दै टेलिकम, जनवरी १ मा काठमाडौंबाट परीक्षण सुरु गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारी स्वामित्वको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अन्ततः फाइभजी परीक्षण सुरु गर्ने भएको छ । काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले याे सेवाकाे परीक्षण गर्ने भएकाे हो ।

नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको करिब दुई वर्षपछि फाइभजी ट्रायल अघि बढाउन लागेको जानकारी दिए ।

“जनवरी १ मा काठमाडौंबाट परीक्षण सुरु गर्नेछौँ,” उनले भने, “काठमाडौंमा सफल भएको खण्डमा क्रमशः देशका सातै प्रदेशमा फाइभजी ट्रायल सुरु हुन्छ ।” ​यसअनुरूप अहिले उपकरण परीक्षणको काम भइरहेको उनले बताए ।

“परीक्षण सुरु गर्न आवश्यक सबै उपकरणको डिटेल टेस्टिङ गर्नुपर्छ । बीचमा प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भएकाे हुँदा हाम्रो कोर सपोर्टमा डेडिकेटेट प्राविधिक जनशक्ति निर्वाचनमा खटिनुपर्‍यो । जसले गर्दा परीक्षण केही ढिलो भएको छ,” उनले थपे  ।

प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । यही फ्रिक्वेन्सीबाट परीक्षण थालिने प्रवक्ता अधिकारीले जानकारी दिए । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यवसायीक प्रयोजनबाट सुरु गर्ने योजना रहेको जनाएका छन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार