श्रावण ३१, २०८३ आइतबार August 16, 2026

अमेरिकामा संघीय कर्मचारीलाई टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी सिनेटले संघीय कर्मचारीहरूलाई सरकारी स्वामित्वको डिभाइसमा टिकटक प्रयोग गर्नबाट रोक लगाउने विधेयक पारित गरेको छ । सिनेटको ध्वनी मतले टिकटक प्रयोगमा रोक लगाउने विद्येयक पारित गरेको हो ।

राष्ट्रपति जो बाइडेनलाई  स्वीकृतिको लागि पठाउनुअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले विद्येयकलाई  अनुमोदन गर्न आवश्यक छ। यो वर्तमान कंग्रेस अधिवेशन समाप्त हुनु अघि हुन आवश्यक छ, जुन अर्को हप्ता अपेक्षित छ।

बेइजिङले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने अमेरिकीहरूको जासूसी गर्न एप प्रयोग गर्न सक्ने  धेरै अमेरिकी अधिकारीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

धेरै राज्यहरूले पहिले नै सरकारी उपकरणहरू र नेटवर्कहरूमा बाइटडान्स–स्वामित्व भएको एपको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरिसकेका छन् । नर्थ डकोटा र आयोवा यस हप्ता विधेयक पारित गर्ने सूचीमा सहभागी छ । यसअघि टेक्सास, मेरील्याण्ड, साउथ डकोटा, अलाबामाले विधेक पारित गरिसकेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया