असोज १८, २०८३ आइतबार October 4, 2026

अनलाइन शपिङ गर्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः यसको अर्थ विभिन्न सामग्रीहरू परीक्षण नगरि कतिपय वेबसाइटले औषधिहरू राखिरहेका हुन्छन् । त्यसैले अनलाइनबाट औषधि खरिद गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । तपाईँले खरिद गर्न लागेको औषधि वा स्वास्थ्य सम्बन्धी टिप्स दिने साइट आधिकारिक हो या होइन भन्ने कुराको अध्ययन गर्नुहोस् । यसरी विभिन्न नियामक निकायले प्रमाणिकरण नगरेका साइटहरू विश्वास गरेर औषधिजन्य सामग्री खरिद नगर्नुहोस् ।

सेकेन्ड ह्यान्ड सामग्रीहरू

फेसबुक मार्केटप्लेस सेकेन्ड ह्यान्ड सामग्री खरिद गर्नका लागि उपयुक्त प्लेटफर्म हो । जसका माध्यमबाट तपाईँले कुनै संस्थाबाट भन्दा पनि व्यक्तिलाई भेटेर सामान खरिद गर्न सक्नुहुन्छ । तर, यसमा थुप्रै जोखिमहरू पनि हुन्छन् ।

फेसबुक मार्केटप्लेसबाट सेकेन्ड ह्यान्ड सामान बिक्री गर्ने सबै व्यक्ति वा आधिकारिक हुन्छन् भन्ने हुँदैन । उनीहरूले उक्त सामानको प्रशंसा गरेको भरमा विश्वास गरेर सामान खरिद गरिहाल्नु हुँदैन । त्यसका लागि पहिले उपयुक्त ठाउँमा भेट्ने प्रयास गर्नुहोस् । त्यस्ता सामग्रीका लागि पहिले अध्ययन गर्नुहोस्, त्यसपछि भेटेर परीक्षण गरेर मात्र उक्त सामग्री खरिद गर्नुहोस् ।

सस्ता विद्युतीय सामग्री

अनलाइनमा देखिने सस्ता सामग्रीमा हामी बढी आकर्षित हुने गर्छौँ । विशेषगरी हामीलाई आवश्यक परेका कुनै विद्युतीय उपकरण सामाजिक सञ्जालमा देखिँदा उक्त सामग्री खरिद गर्न हामी उत्साहित हुन्छौँ ।

यूएसबी ड्राइभ, हेडफोन, एयरबड्स, कम्प्युटरका सामग्री खरिद गर्दा सस्तो मूल्य देखेर आकर्षित हुनु हुँदैन । यो कुरा सबैमा लागू हुन्छ भन्ने पनि हुँदैन । किनभने कतिपय आधिकारिक साइटले अफर उपलब्ध गराउने भएकाले सस्तोमा पाइन् सक्छ । त्यसैले सस्तोमा कुनै पनि विद्युतीय सामग्री खरिद गर्दा कुन कम्पनीको हो, किन सस्तो पाइयो, कस्तो सामग्री हो भन्ने कुरा ख्याल गर्नुपर्छ ।

घरजग्गा खरिद तथा भाडाको कुरा

पछिल्लो समय अनलाइनबाट घरजग्गा खरिद गर्ने तथा कोठा वा घर भाडामा दिने प्रचलन बढिरहेको छ । यसले केही कुरामा सहज भएको छ भने जोखिम पनि उत्तिकै निम्त्याएको छ । विभिन्न अनलाइन माध्यमबाट कोठा भाडाका लागि लिन खोज्दा केहीले रजिस्ट्रेसन शुल्क लिइरहेका हुन्छन् । यसमा सबै भरपर्दो हुन्छन् भन्ने हुँदैन ।

कतिपयले ठगी गर्नका लागि नक्कली कम्पनी मार्फत  ठगी गरिरहेका हुन्छन् । आफू ठगिएको थाहा पाएपछि त्यसविरुद्ध कारवाही गर्नका लागि पनि धेरै लामो प्रक्रिया अपनाउनु पर्ने हुन्छ । त्यसैले अनलाइनबाट घरजग्गा खरिद गर्दा वा भाडामा लिँदा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ ।

कार्यक्रमका टिकट

कुनै पनि फिल्मको टिकट लिनुपर्यो वा कुनै कार्यक्रम टिकट लिनुपर्यो हामी अनलाइन माध्यमलाई बढी प्राथमिकता दिन्छौँ । एकातर्फ यसले घण्टौँ लाइन लागेर टिकट लिनुपर्ने झन्झटबाट मुक्त गरेको छ भने अर्कोतर्फ जोखिम पनि उत्तिकै निम्त्याएको हुन्छ ।

नेपालमा कार्यक्रमका टिकट अनलाइनबाट उपलब्ध गराउने प्रचलन बढिरहेको छ । त्यसैले त्यति जोखिम देखिएका छैनन् । यसमा विभिन्न व्यक्तिहरूले नक्कली साइट बनाएर टिकट बिक्री गरिरहेका हुन्छन् । यसमा पनि आफूले कुन साइटबाट टिकट लिन लागिएको हो भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ ।

खाना

अनलाइनबाट खाना खरिद गर्दा पनि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ । खाना प्रत्यक्ष रूपमा हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसैले अनलाइनबाट खाना खरिद गर्दा खाना कहाँबाट आउँछ भन्ने कुरा ख्याल गर्नुपर्छ ।

कतिपय बिक्रेताले खानाको गुणस्तरमा ध्यान दिएका हुँदैनन् । जसले गर्दा हाम्रो स्वास्थ्यलाई असर गरेको हुन्छ । त्यसैले कुनै अनलाइनबाट खाना अर्डर गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार