काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नगेटिभ आएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्वारेन्टाइनमा बसेका कोरोना प्रभावित मुलुकबाट आएका ९४ जनाको थ्रोट स्वाब संकलन गरेको थियो।
यसअघि चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ जना विद्यार्थीलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया