कार्तिक १४, २०८३ शनिबार October 31, 2026

३३ करोडले अड्कियो हेराफेरि-३

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फिल्म ‘हेराफेरि-३’ अहिले बलिउडमा सर्वाधिक चर्चाको विषय बनेको फिल्म हो । अभिनेता अक्षय कुमारले मिडियामाझ आफू ‘हेराफेरि-३’मा नरहने घोषणा गरेपछि उनका फ्यान निकै दुःखी भएका थिए । तर, केही समयपछि भने अक्षय पुनः फिल्ममा रहने खबर बाहिर आएको थियो । अहिले भने यो फिल्मका फ्यानका लागि एउटा निराशाजनक खबर छ ।

फिरोज नाडियाडवालाको यो फिल्म अहिले आर्थिक मामलाका कारण चर्चामा छन् । अहिले फिल्मको स्वामित्व फिरोज नाडियाडवाला र इरोस इन्टरनेसनलसँग छ ।

फिल्मको पूर्ण अधिकार आफूसँग लिनका लागि फिरोजले इरोस इन्टरनेसनललाई ३५ करोड रुपैंयाँ दिनुपर्छ । उनले यो रकम यही महिनाको अन्त्यसम्म दिनुपर्छ । यदि उनको यो डिल सफल भयो भने फिरोज ‘हेराफेरि-३’सँगै ‘वेलकम’ र ‘आवारा पागल दिवाना’ एक्लो हकदार हुनेछन् ।

फिल्ममा अक्षयको स्थानमा कार्तिक आर्यन फाइनल भइसकेका छन् । धेरैले फिल्मको स्क्रिप्टका कारण अक्षयले फिल्म छोडेको भने पनि  फिरोज र अक्षयबीच पारिश्रमिकको विषयमा सहमति नभएपछि अक्षयले छोडेको खुलेको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ स्वेदश फिर्ता
२०८३ कार्तिक १४, शनिबार
ज्यामीरेघाटमा पक्की पुल निर्माण हुने गृहमन्त्री गुरुङको प्रतिबद्धता
२०८३ कार्तिक १४, शनिबार
वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु
२०८३ कार्तिक १४, शनिबार
तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु
२०८३ कार्तिक १४, शनिबार
समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान
२०८३ कार्तिक १४, शनिबार