असोज २०, २०८३ मंगलबार October 6, 2026

अब यी फोनमा चल्ने छैन ह्वाट्सएप, कतै तपाईँको मोबाइल त परेन ?

यस वर्ष ५० ओटा डिभाइसमा यो मेसेजिङ एप नखुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ह्वाट्सएपले आवधिक रूपमा पुराना स्मार्टफोनलाई फेजआउट गर्दै आएको छ । त्यसै अनुरूप यस वर्ष ५० ओटा डिभाइसमा यो मेसेजिङ एप खुल्ने छैन ।

पछिल्ला अन्तिम तीन महिनाको अवधिमा ह्वाट्सएपले भारी मात्रामा एन्ड्रोइड र आईओएस डिभाइस फेजआउट गरेको यो दोस्रो पटक हो । गत अक्टोबरमा ह्वाट्सएपले आईफोन एसई, आईफोन एस सिक्स, आईफोन एस प्लसका साथै सामसङ, ह्वावे, एलजी, सोनी, जेडटीई, एचटीसी, लेनोभो र अल्काटेलका कम्तिमा ४० ओटा एन्ड्रोइड डिभाइसको सपोर्ट बन्द गर्ने कुरा बाहिर ल्याएको थियो ।

यस पटक ह्वाट्सएपले झन्डै ५० ओटा फोनको सपोर्ट बन्द गर्ने निश्चित गरेको छ । जसमा एप्पल आईफोन फाइभ र आईफोन फाइभ सी समेत रहेका छन् । यो सूचीमा बाँकी रहेका फोनहरूमा सामसङ, ह्वावे, एलजी, सोनी, लेनोभो र जेडटीई ब्रान्डका छन् । यी फोनहरू लामो समयदेखि अपडेट नभएकाले ह्वाट्सएपको सपोर्ट बन्द हुन लागेको हो ।

यससँगै ह्वाट्सएप सपोर्ट गर्ने डिभाइसमा कम्तिमा एन्ड्रोइड ५.० ललिपप अथवा आईओएस १२ हुनुपर्नेछ । यद्यपि अहिले पनि ह्वाट्सएपको एफएक्यूमा ४.१ तथा त्यसभन्दा नयाँ ओएस भएका एन्ड्रोइड फोनहरूमा सपोर्ट उपलब्ध रहेको उल्लेख छ ।

तर यो वर्षको अन्त्यसँगै एन्ड्रोइड ४.१ जेली बिन अपरेटिङ सिस्टम रहेका अधिकांश फोनहरूमा ह्वाट्सएप चल्न बन्द हुनेछ । गिजचाइनाले उल्लेख गरेअनुसार यो सूचीमा अधिकांश इन्ट्री-लेभल तथा मिड-रेन्जका स्मार्टफोनहरू रहेका छन् ।

यदि तपाईँले यी मध्ये कुनै मोबाइल प्रयोग गरिरहनु भएको छ भने ह्वाट्सएप चलाउन नयाँ फोन लिनुपर्नेछ अथवा त्यसमा नयाँ भर्सनको अपरेटिङ सिस्टम अपडेट गर्नुपर्नेछ । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार