कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

कर्णाली प्रदेशसभाको पहिलो बैठक कसले के भने ?

प्रत्यक्षमा तल-बितल भए पनि पार्टीको मतको हिसाबमा एमाले प्रदेशमा पहिलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेश सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् ।

प्रतिकुल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुत पनि कर्णालीमा एमाले पहिलो पार्टी बनेको बताएका हुन् ।  प्रत्यक्षमा तल-बितल भए पनि पार्टीको मतको हिसाबमा एमाले पहिलो भएको बताए । अहिले प्राप्त संविधानमाथि धावा बोल्ने कामहरू भइरहेको बताए ।

अब प्रदेशको औचित्यलाई पुष्टि गर्नेतर्फ ध्यान दिन सक्नुपर्छ । यदि सकिएन भने संघीयतामाथि प्रश्न उठ्न सक्छ । त्यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश सदस्यहरूले १७ लाख जनताको पक्षमा काम गरेकाे बताए ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले कर्णाली प्रदेश आफैमा ‘सुनको डल्लो’ भएको बताएका छन् ।

उनले सुनको डल्लोलाई गहनाका रूपमा प्रयोग गर्ने चुनौती प्रदेश सभाका सांसदहरू माझ रहेको बताए । ‘सुनको डल्लो’लाई गहना बनाउनका लागि जनताले हामीलाई कालिगड बनाएर पठाएका छन्, हाम्रो अगाडिको चुनौती गहनाको रूपमा प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने विषय छ, त्यसमा वृहत् बहस हुन जरुरी छ,’उनले भने, ‘हामीले कर्णालीमा त्यो अनुसारको नीति, विधि निर्माण गर्नुपर्छ र त्यसरी जाँदा मात्रै कर्णाली समृद्धिको बाटोमा अघि बढ्न सक्छ ।’

शर्माले वित्तीय र प्रशासनिक संघीयता अस्तव्यस्त रहेको भन्दै अहिले संघीयतामाथि नै प्रश्न उठिरहेका बेला प्रदेशका साझा र एकल अधिकारहरूलाई लागु पर्ने कुरामा केही कठिनाइ भएका उनको ठम्याई छ । उनले हिजोको दिनमा कोरेका गोरेटाहरू पुरा गरेर मात्रै त्यो आन्दोलनको ज्वारभाटा रोक्न सकिने बताए ।

प्रदेशसभा सदस्य सन्तोषी शाहीले विदेशी हस्तक्षप र आन्तरिक उपलब्धी समेत संस्थागत हुन नसकेको बताइन् । राजसंस्था, हिन्दुधर्म हटाउने निर्णयले देश अस्थितर भएको समेत दाबी गरिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तारकेश्वरमा साझा बस सञ्चालन हुने, यस्तो छ सुन्धारादेखि बालाजु बाइपाससम्म प्रस्तावित रुट
२०८३ कार्तिक १७, मंगलबार
सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ कार्तिक १७, मंगलबार
नवनियुक्त इयु राजदूत ह्वाइटली र परराष्ट्रमन्त्री खनालबिच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १७, मंगलबार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८३ कार्तिक १७, मंगलबार
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधवको नेकपामा समाहित
२०८३ कार्तिक १७, मंगलबार
देशभर लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी, एकै दिन १२ जिल्लामा प्रहरीको एक्सन
२०८३ कार्तिक १७, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३ कार्तिक १७, मंगलबार