कार्तिक १४, २०८३ शनिबार October 31, 2026

वीरगन्जमा ‘दिलमाया २’ को विशेष शो

‘दिलमाया २’ फिल्मको विशेष शोमा एमालेमा प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्देशक राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘दिलमाया २’ले सोमबार वीरगञ्जमा विशेष शो गरेको छ । आगामी १७ चैतबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको विशेष शोमा एमालेमा प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथि थिए ।

वीरगञ्जस्थित त्रिमूर्ति हलमा भएको विशेष शोमा दर्शकको उल्लेख्य उपस्थिति थियो । निर्देशक गिरीले देशकका विभिन्न शहरमा फिल्म प्रदर्शनपूर्व विशेष शोको आयोजना गर्ने तयारी भइरहेको बताए ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीलगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्ममा राजु गिरीको नै लेखन तथा निर्देशन रहेको छ ।

विष्णु मिराकर र सुस्मिता खत्रीले खिचेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । फिल्मलाई शंकर गिरी, पूर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा भीष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ स्वेदश फिर्ता
२०८३ कार्तिक १४, शनिबार
ज्यामीरेघाटमा पक्की पुल निर्माण हुने गृहमन्त्री गुरुङको प्रतिबद्धता
२०८३ कार्तिक १४, शनिबार
वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु
२०८३ कार्तिक १४, शनिबार
तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु
२०८३ कार्तिक १४, शनिबार
समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान
२०८३ कार्तिक १४, शनिबार