कार्तिक १४, २०८३ शनिबार October 31, 2026

‘सान्बाबु’ म्यूजिक भिडियोमा उमेश र केकीको रोमान्स (भिडियो)

प्रविन र प्रतिमाको स्वर रहेको ‘सान्बाबु’ मा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘सान्बाबु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

रोहित घिमिरेको शब्द र सिएल शर्माको संगीत रहेको सार्वजनिक भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको छ । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समयअगाडि मात्रै रिलिज गरिएको ‘लुकिछिपी’ बोलको गीतको भिडियोले चर्चा पाएको थियो । उमेशले भोजपुरी फिल्म ‘प्रेम गीत’मा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

विकाश दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको गीतमा सन्जिव बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्युजिकबाट बजारमा आएको हो ।

भिडियोमा हेर्नुहोस्ः

https://youtu.be/f_1uM0zOddA

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ स्वेदश फिर्ता
२०८३ कार्तिक १४, शनिबार
ज्यामीरेघाटमा पक्की पुल निर्माण हुने गृहमन्त्री गुरुङको प्रतिबद्धता
२०८३ कार्तिक १४, शनिबार
वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु
२०८३ कार्तिक १४, शनिबार
तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु
२०८३ कार्तिक १४, शनिबार
समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान
२०८३ कार्तिक १४, शनिबार