कार्तिक १४, २०८३ शनिबार October 31, 2026

चितवनमा चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’

चलचित्र ‘तिम्रो मेरो साथ’को प्रिमियर शोको अवसर पारेर कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चितवनमा चलचित्र उद्योगको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ हुने भएको छ । लक्की मिडिया हाउसले चलचित्र ‘तिम्रो मेरो साथ’को प्रिमियर शोको अवसर पारेर कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको हो ।

नेपाली चलचित्र उद्योगको प्रवर्द्धन र प्रचार प्रसारको लागि कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताए ।

साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ को पुस २७ गते साँझ ६ बजे चितवनमा प्रिमियर शो गर्न लागिएको हो ।

चलचित्रको प्रिमियर शोको दिनमा चर्चित कलाकारहरुलाई सम्मान स्वरुप भरतपुर विमानस्थलमा स्वागत गर्दै सिने जगतको प्रवर्द्धनका लागि कलाकारहरुको साथमा भरतपुर नगरभित्र अटो यात्रा गर्न लागेको कार्कीले बताए ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको फिल्ममा साम्राज्ञी तथा पुष्पको अलवा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन ‘खबपु’ को अभिनय रहेकोछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ स्वेदश फिर्ता
२०८३ कार्तिक १४, शनिबार
ज्यामीरेघाटमा पक्की पुल निर्माण हुने गृहमन्त्री गुरुङको प्रतिबद्धता
२०८३ कार्तिक १४, शनिबार
वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु
२०८३ कार्तिक १४, शनिबार
तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु
२०८३ कार्तिक १४, शनिबार
समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान
२०८३ कार्तिक १४, शनिबार