असोज २०, २०८३ मंगलबार October 6, 2026

आईफोन १५ सिरिजका सबै मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा

आईफोन १५ सिरिजका फोनमा तीन ओटा रियर क्यामेरा रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : एप्पलको आगामी सिरिज आईफोन १५ यती बेला निकै चर्चामा छ । कम्पनीले आईफोन १४ मा सोचे जस्तो सफलता हात पार्न नसके पश्चात आगामी सिरिजको आईफोन १५ मा धेरै फिचर थप हुने अपेक्षा गरिएको छ । यसैबिच आईफोन १५ मा उपलब्ध हुने फिचरबारे विभिन्न जानकारीहरू बाहिरिने क्रम जारी छ ।

भर्खरैमात्र बाहिरिएको जानकारी अनुसार आईफोन १५ सिरिजका सबै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुने जनाइएको छ । हाईटङ इन्टरनेसनल टेक रिसर्चर जेफ पुले आईफोनमा यो वर्ष क्यामेरामा ठूलो परिवर्तन हुने जानकारी दिएका हुन् ।

उनका अनुसार आईफोन १५ सिरिजका फोनमा तीन ओटा रियर क्यामेरा रहनेछ । त्यसमध्ये मुख्य क्यामेरा ४८ मेगापिक्सेलको हुनेछ । हुन त कम्पनीले आईफोन १४ सिरिज अन्तर्गत आईफोन १४ प्रो म्याक्समा पनि यही क्यामेरा सेटअप उपलब्ध गराएको थियो ।

यसका साथै फोनमा १२ मेगापिक्सेलको पेरिस्कोप लेन्स, सिक्स एक्स अप्टिकल जुम क्यामेरा लेन्स रहने जनाइएको छ । फोनमा कम्पनी आफैले उत्पादन गरेको ए१७ चिपसेट प्रयोगमा ल्याउने उल्लेख गरिएको छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार